Smriti Bhawan, TU Road, Kirtipur
त्रिवि सुधारको अभियान अन्तरगत वुधवार एलुम्नाई एशोसिएशनले आयोजना गरेको त्रिवि सुधारको अभियानमा पूर्व पदाधिकारीको अनुभव शीर्षकको वेवीनारमा पूर्व शिक्षाध्यक्ष एवम् अर्थशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख प्राडा शिवलाल भुषालले आफु त्रिविमा प्रवेश नगरेको भए अहिले वैदेशिक राेजगारिमा पुगेको हुनसक्ने बताउनु भयो । उहाँले आफु प्राध्यापन पेशामा प्रवेश गरेदेखि डिन शिक्षाध्यक्ष र उपकुलपतिको समेत जिम्मेवारीमा पुगेकाे अनुभव बताउनु भयो । उहाँले त्रिविका वर्तमान चुनाैती र समाधानका उपायबारे समेत कार्यपत्रमा चर्चा गर्नुभयो । त्रिविले इक्युवेशन सेन्टरको शुरुवात गरिसकेको र विद्यार्थीहरुलाई स्टार्टअप योजनामा सहयाेग गर्न शुरुवात भएको बताउनु भयाे ।
कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पस, दाङका सुदर्शन रिजालले त्रिविको प्रमुख चुनाैती प्रभावकारी अनुगमनको अभाव रहेको बताउनु भयाे । एलुम्नाइ एशोशिएशनका उपाध्यक्ष ऋदिशकुमार पाेखरेलले त्रिविका पदाधिकारीले प्राज्ञिक आवाजलाई सुनेर सुधारका प्रयास गर्नु पर्ने बताउनु भयो ।
एलुम्नाइ एशाेसिएशनका पूर्व अध्यक्ष प्राडा सुनीति हाडा श्रेष्ठले त्रिविमा अझै आशा जगाउने कार्य गर्न सकिने बताउनु भयो ।
कार्यक्रमको प्रारम्भमा संस्थाका कोषाध्यक्ष डा. कुश्मिला आचार्यले सबैलाई स्वागत गर्नुभएको थियो भने उपाध्यक्ष प्रा.डा. ऋदिशकुमार पोखरेलले भर्चुअल छलफलका उद्देश्यबारे जानकारी गराउनु भयो । एलुम्नाइ एशाेसिएशनका पूर्व अध्यक्ष प्राडा सुनीति हाडा श्रेष्ठले सबै सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण सदस्य रविचन्द्र पराजुलीले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न क्षेत्र र स्थानबाट करिब ३० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।
