Tribhuvan University Alumni Association Nepal

Tribhuvan University

Smriti Bhawan, TU Road, Kirtipur

कोषाध्यक्ष आचार्यलाई बधाई ज्ञापन 

कोषाध्यक्ष आचार्यलाई बधाई ज्ञापन 

2026-08-14

त्रिवि शिक्षाशास्त्र संकाय अन्तरगत प्राध्यापक पदमा पदोन्नती हुनुभएकोमा त्रिवि एलुम्नाई एशोसिएशनको तर्फबाट संस्थाका अध्यक्ष प्रदिपकुमार श्रेष्ठले कोषाध्यक्ष प्रा.डा. कुश्मिला आचार्यलाई बधाई ज्ञापन गर्नुभयो । संस्थाको मासिक नियमित बैठकको सन्दर्भ पारेर शुक्रवार बधाई कार्यक्रम गरिएको हो । बधाई ज्ञापन गर्नुहुँदै अध्यक्ष श्रेष्ठले प्राध्यापकको प्राज्ञिक जिम्मेवारीमा अझ सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । सो अवसरमा संस्थाका निवर्तमान अध्यक्ष प्रा.डा. सुनीति श्रेष्ठ हाडा, सदस्यहरू डा. रामचन्द्र पोख्रेल, नारायण जोशी, इन्द्रेश ठाकुर, रविचन्द्र पराजुली र नोदनाथ त्रितालको समेत उपस्थिति रहेको थियो ।