Tribhuvan University Alumni Association Nepal

Tribhuvan University

Smriti Bhawan, TU Road, Kirtipur

त्रिविसँग सहकार्य थप प्रभावकारी बनाउने निर्णय 

त्रिविसँग सहकार्य थप प्रभावकारी बनाउने निर्णय 

2026-08-14

त्रिवि एलुम्नाई एशोसिएशन नेपालको शुक्रवार बसेको बैठकले त्रिविका नवनियुक्त उपकुलपतिलाई भेटेर बधाई ज्ञापन गर्ने निर्णय गरेको छ । बैठकमा बोल्नुहुँदै अध्यक्ष प्रदिपकुमार श्रेष्ठले आफ्नो कार्यालयमा नै पदाधिकारीहरूसँगको समन्वयमा ठोस कामको थालनी गर्न चाहेको बताउनु भएको थियो । बैठकले पदाधिकारीहरूलाई जग्गा उपलब्ध गराउने निर्णयबारे पुनःर्विचार गर्ने र एशोसिएशनको निर्देशिका संशोधनको निर्णय गरिदिन आग्रह गर्ने निर्णय समेत गरेको छ । साथै मोवाइल एप्स् निर्माणका लागि परेका प्रस्तावहरूलाई अध्ययन गरी कार्य अगाडि बढाउने निर्णय समेत भएको छ ।