Tribhuvan University Alumni Association Nepal

Tribhuvan University

Smriti Bhawan, TU Road, Kirtipur

संस्थालाई प्रोजेक्टर हस्तान्तरण 

संस्थालाई प्रोजेक्टर हस्तान्तरण 

2024-05-24

त्रिवि एलुम्नाई एशोसिएशन नेपालका अध्यक्ष प्रदिप कुमार श्रेष्ठले संस्थागत प्रयोजनको लागि एक थान प्रोजेक्टर र स्क्रिनसमेत सहयोगस्वरुप उपलब्ध गराउनु भएको छ । संस्थाको यहि जेठ ११ गते बसेको कार्य समितिको बैठकमा अध्यक्ष श्रेष्ठले महासचिव डा. धिरज प्रधानाङ्गलाई प्रोजेक्टर हस्तान्तरण गर्नु भएको हो । उहाँले संस्थाका बैठक सञ्चालनमा प्रविधिको प्रयोग गर्ने तथा विभिन्न कार्यक्रममा समेत प्रोजेक्टर आवश्यक हुने भएकोले आफुले संस्थालाई पञ्चकन्या ग्रुपको तर्फबाट सहयोग उपलब्ध गराएको बताउनु भयो । संस्थाका गतिविधिहरु थप प्रभावकारी रुपमा अगाडि बढाउन प्रोजेक्टरको प्रयोग उपयोगी हुने पनि उहाँले बताउनु भयो ।