Tribhuvan University Alumni Association Nepal

Tribhuvan University

Smriti Bhawan, TU Road, Kirtipur

एलुम्नाई एशोसिएशनको सूचना अधिकारीमा जोशी 

एलुम्नाई एशोसिएशनको सूचना अधिकारीमा जोशी 

2024-03-13

त्रिवि एलुम्नाई एशोसिएशन नेपालको सूचना अधिकारीको जिम्मेवारी समितिका सदस्य नारायण जोशीलाई दिइएको छ । संस्थाको २०८० फागुन ३० गते बसेको कार्य समितिको बैठकले उहाँलाई सूचना अधिकारीको जिम्मेवारी दिएको हो । 
वर्तमान संविधानको धारा २७ मा सूचनाको हकलाई मौलिक हकको रुपमा व्यवस्था गरिएको छ । यसैगरी सूचनाको हकसम्बन्धी ऐन संसदबाट पारित भई २०६४ साल भाद्र ३ गतेदेखि लागु भएको हो । सूचनाको हकसम्बन्धी ऐनको दफा ६ बमोजिम हरेक सार्बजनिक निकायले सार्बजनिक सरोकारका सूचनाहरु प्रभाव गर्ने प्रयोजनको लागि एक जना सूचना अधिकारी तोक्नु पर्ने र हरेक तीन तीन महिनामा संस्थागत विवरणहरु कानून बमोजिम स्वतः सूचना सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ ।