Smriti Bhawan, TU Road, Kirtipur
त्रिभुवन विश्वविद्यालयको ६५औं वार्षिकोत्सवको अवसरमा सूचना तथा जनसम्पर्क महाशाखाले प्रकाशन गरेको टियु टुडे र वार्षिक दिवस प्रकाशनको विमोचन गरिएको छ । त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बरालले उक्त पुस्तकहरुको एक समारोहका बीच विमोचन गर्नुभएको हो । टियु टुडेमा त्रिवि एलुम्नाई एशोसिएशनको आधारभुत जानकारी समेत समावेश गरिएको छ ।

त्रिवि परिसरमा आयोजित झण्डोत्तोलन तथा पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्नुहुँदै उपकुलपति प्रा.डा. बरालले सबै सरोकारवालाले संस्थाको लक्ष्य र उद्देश्यलाई सर्वोपरी सम्झेर काम गर्नुपर्ने बताउनु भयो । त्रिविमा देखिएका समस्याहरु वार्ता र सम्वादको माध्यमबाट समाधान गर्दै जान सकिने बताउनु हुँदै उहाँले संस्थाको हित विपरित कसैसँग पनि सम्झौता गर्न नसकिने बताउनु भयो । उहाँले सबैको साथ सहयोगमा अहिलेको नेतृत्वले संस्थालाई थप उचाईमा लैजान प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सूचना तथा जनसम्पर्क महाशाखाले हरेक वर्ष त्रिवि दिवसको अवसरमा यी दुई प्रकाशनहरु नियमित प्रकाशन गर्दै आएको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख एवम् त्रिवि केन्द्रीय कार्यालयका सूचना अधिकारी भीमबहादुर श्रेष्ठले बताउनु भयो ।
