Smriti Bhawan, TU Road, Kirtipur
त्रिभुवन विश्वविद्यालय एलुम्नाई एशोसिएशन नेपालको ५ औं वार्षिक साधारण सभाको उद्घाटन समारोहमा संस्थाको नियमित प्रकाशन टुआन म्यागाजिनको पहिलो अंकको विमोचन गरिएको छ । प्रमुख अतिथि माननीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले उक्त म्यागाजिनको विमोचन गर्नुभएको हो । म्यागाजिनमा शैक्षिक क्षेत्रसँग सम्बन्धित जानकारीमुलक र अनुसन्धानमुलक लेखहरु प्रकाशन भएका छन् भने यसभित्र संस्थाका गतिविधिहरु र विभिन्न जानकारीहरु प्रकाशन गरिएको छ । संस्थाले अर्धवार्षिक रुपमा नियमित म्यागाजिन प्रकाशन गर्ने वार्षिक योजना रहेको प्रकाशन उपसमितिका संयोजक डा. भोलानाथ ढकालले जानकारी दिनुभयो ।
