Smriti Bhawan, TU Road, Kirtipur
सिंहदरबार, भाद्र १
त्रिवि एलुम्नाई एशोसिएशन नेपालको संस्थागत विकासमा सरकारको तर्फबाट सहयोग र सहकार्य गर्न माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तसमकक्ष आग्रह गरिएको छ ।
एशोसिएशनका अध्यक्ष प्रदिपकुमार श्रेष्ठ र महासचिव डा. धीरज प्रधानाङ्गले आज माननीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवम् त्रिविका सहकुलपति पन्तसँग मन्त्रीकै कार्यकक्षमा शिष्टाचार भेटघाट गर्नुभएको छ ।

उहाँहरुले माननीय मन्त्रीज्यूसमक्ष एशोसिएशनलाई मन्त्रालय र सरकारको तर्फबाट हुनसक्ने सहयोगबारे छलफल गर्नुभएको छ । माननीय मन्त्रीज्यूले भेटको क्रममा एलुम्नाई एशोसिएशन नेपालको बारेमा जानकारी लिनुहुँदै त्रिवि पदाधिकारीहरुसँग संयुक्त रूपमा छलफल गरी सरकारको तर्फबाट गर्न सकिने सहयोगको लागि आफु तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सो अवसरमा अध्यक्ष श्रेष्ठले माननीय मन्त्रीज्यूलाई सहयोगको आग्रह लिखित रुपमा हस्तान्तरण गर्नुभई एलुम्नाई एशोसिएशनको लोगो लगाएर सम्मान गर्नुभएको थियो ।